एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।
बुधबार राति चेल्सीको मैदानमा भएको खेलमा आर्सनलले १–० गोल अन्तरले चेल्सीलाई पराजित गरेको हो । आर्सनललाई जित दिलाउन इमील स्मिथ रोवेले निर्णायक गोल गरे ।
उनले खेलको १६ औं मिनेटमा गोल गरेका थिए । उनले पिएरे एम्रिक औबामियाङको पासलाई सदुपयोग गर्दै गोल गर्न सफल भएका हुन् ।
यस जितसँगै आर्सनल ३६ खेलमा ५५ अंक जोड्दै लिगको आठौं स्थानमा उक्लिएको छ भने पराजित चेल्सी ६४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।




