काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलएका छन् ।
बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको हो । सोमबार बस्ने प्रतिनिधि सभाको बैठक सञ्चालनबारे छलफल गर्न बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
कार्यव्यवस्था समितिको बैठकले नै कोरोना संक्रमित सांसदहरुलाई मतदान प्रक्रियामा कसरी सहभागी गराउने भन्नेबारे निर्णय गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदबाट विश्वासको मत लिँदैछन् ।
संसद सचिवालयका अनुसार २६ जना प्रतिनिधि सभा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।