पेट्रोल पम्पमा सेवाग्राहीको भिड, निगम भन्छ पेट्रोलियम पर्दाथको आपूर्तिमा कमि हुने छैन | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

पेट्रोल पम्पमा सेवाग्राहीको भिड, निगम भन्छ पेट्रोलियम पर्दाथको आपूर्तिमा कमि हुने छैन

काठमाडौं। काठमाडौं उपत्यकामा बिहिबारदेखि निषेधाज्ञा जारी घोषणा भएलगतै पेट्रोल पम्पमा पेट्रोल र डिजेलका लागि लाइन लागेको छ । पेट्रोल पम्पमा सेवाग्राहीको भिड लागेपछि निषेधाज्ञाको समयमा पेट्रोलियम पर्दाथ आपूर्तिमा समस्या हुने हल्ला चलिरहेका बेला नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै समस्या नहुने दावी गरेको छ ।
नगमका अनुुसार पेट्रोलीयम पदार्थ आपूर्तिमा कुनै पनि समस्या नहुने नेपाल बताएको छ । निगमका अनुसार सरकारले निषेधाज्ञा गर्न लाग्यो भनेर सवागा्रहीले बेलैमा भण्डारण गर्न लागेको हुन सक्ने भन्दै त्यसतर्फ ध्यान दिने बताएको छ । निगमका अनुसार त्यस्तो केहि पनि हुदैँन । पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै समस्या आउन दिने छैनौ । आपूर्तिमा मात्र नभई निगमसँग पर्याप्त पेट्रोलीयम पदार्थ मौज्दात रहेकाले पनि कुनै समस्या नहुने निगमले बताएको छ ।

Leave a Reply

ताजा समाचार