नेपालले हङकङ विरुद्ध ३ विकेट लियो | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

काठमाण्डौँ, २७ असोज । वल्र्ड क्रिकेट लिग अन्तर्गत जारी खेलमा नेपालले हङकङ विरुद्ध ३ विकेट लिइसकेकोे छ ।

सन्दीपले हङकङका निजाकात खानलाई विकेट किपर विनोद भण्डारीद्वारा स्टम्प गराएका हुन्। निजाकातले १७ बलमा १२ रन बनाए।
नेपालका दीपेन्द्र सिंह एरीले हङकङका कप्तान बाबर हायतलाई डाइरेक्ट हिटमार्फत रनआउट गरेका हुन्।

हायतले २६ बलमा २ चौका र एक छक्काको मद्दतमा २९ रन मात्र बनाउन सफल भए ।

करण केसीले नेपालको लागि पहिलो विकेट लिएका थिए।

उनले हङकङका डेनजरम्यान अंशुमान रथलाई शुन्यमै आउट गरिदिए। १० बलमा उनले एक रन पनि जोड्न सकेनन् ।

खेल हङकङको मङकङमा भइरहेको छ ।