बेलायतका लागि म्यानमारका राजदूतलाई आफ्नै दूतावास प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

बेलायतका लागि म्यानमारका राजदूतलाई आफ्नै दूतावास प्रवेशमा रोक

एजेन्सी, २५ चैत । बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नै राजदूतावासभित्र प्रवेश गर्न रोक लगाइएको छ ।

म्यानमार भएको सैन्य कूको विरोध गर्दै आएका राजदुतलाई मिनलाई बुधबार दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । राजदुत मिनले यसलाई सैन्य कू कै निरन्रता भएको बताएका छन् ।

सैनिक सहचारीले दूतावासलाई नियन्त्रणमा लिएर राजदूत मिनलाई घन्टौंसम्म पनि प्रवेश नदिइएको बताइएको छ ।

म्यानमार गएको फेब्रुअरी एकमा भएको सैन्य कू पश्चान दैनिक जसो प्रजातन्त्र पुनर्वहालीको लागि प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा भएको क्रुर सैन्य दमनका कारण बालबालिकासहित पाँच सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

राजदूत मिनले पनि प्रजातन्त्र पुनर्वहालीका साथै सेनाद्धारा नियन्त्रणमा लिइएकी नेतृ आङ साङ सूचीको रिहाईको माग गर्दै आएका छन् ।

राजदूत मिनको समर्थनमा केही मानिसहरुले बुधबार नै दूतावास अगाडि प्रदर्शन समेत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);