काठमाडौं, २१ चैत । नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । शनिबार कलंकीको एक पार्टी प्यालेसमा बसेको नेपला–खनाल समूहको स्थायी कमिटी बैठकले दुई महिने पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।
नेकपा एमालेको एकता बचाउँ कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ नाराका साथ अभियान चलाइने उनले बताए । साथै, बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ को संरचनामा फर्किएर पार्टी एकताको पक्षमा आउन पनि आग्रह गरेको बताइएको छ ।
बैठकले चैत ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।
यस अभियान अन्र्तगत देशभर २०७५ जेठ २ मा कायम भएका विभिन्न अधिवेशन तथा महाधिवेसनबाट बनेका कमिटीहरुलाई पूनर्गठन गर्ने, प्रशिक्षण गर्ने, भेला गठन लगायतका कार्य गरिने नेता भट्टराईले बताएका छन्। यसका निम्ति केन्द्रीय कमिटी सदस्य लगायतका नेताहरुलाई जिल्ला जिल्ला पठाइने उनले बताए ।