काठमाडौ , २१ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा सडक निर्माणको संयुक्त शुभारम्भ गरेका छन्।
शनिबार बालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक १ सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने सडक निर्माणको स्वीच अन गर्दै सुरुवात गरेका हुन् ।
प्रधानमन्त्रीले स्विच थिचेर प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा सडक निर्माणको शिलान्यास गरेका हुन् । यो वर्ष सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।