महिलालाई हेयको भावले हेर्ने दृष्टिकोण परिवर्तन गर्न संघर्ष गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

महिलालाई हेयको भावले हेर्ने दृष्टिकोण परिवर्तन गर्न संघर्ष गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाई

काठमाडाैं, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई हेयको भावले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न संघर्ष गर्नुपर्ने बताउनुभएको छ । सोमबार १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिलालाई हेय भावले हेर्ने असमानताको दृष्टिकोणलाई परिवर्तन गर्नको लागि चेतनामुलक कार्यक्रम र समाजको मनोविज्ञान परिवर्तन गर्ने गरी संघर्ष गर्नुपर्ने बताउनुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सामाजिक न्याय र समानताको निम्ति प्रतिबद्ध रहेको बताउनुभयो । पूर्ण रुपमा समानता प्राप्त नभएसम्म महिलाहरुका लागि विशेष व्यवस्था गरेर समानताको बाटोमा अघि बढ्ने उहाँको भनाई छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिला शसक्तिकरण र लैङ्गीक समानता प्राप्ति गर्ने दिशामा सरकारले नीतिगत, संस्थागत र कार्यगत प्रयासहरुलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राज्यले महिला हिंसा अन्त्यका लागि बनेका कानुनहरुको कार्यान्वयनको अवस्थाको अनुगमन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । महिला हिंसाका घटना तथा दुव्र्यवहारहरु बढीरहेको र अझैपनि महिलाहरुले समान काम र समान ज्यालाको अवसरबाट वञ्चित हुनुपरेको अवस्था रहेको उहाँले औँल्याउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);