भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मुटुको ओपन शल्यक्रिया सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मुटुको ओपन शल्यक्रिया सुरु

भक्तपुर, १३ फागुन । भक्तपुरको दुधपाटिमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मुटुको ओपन शल्यक्रिया सुरु भएको छ। केन्द्रमा पछिल्लो ३ महिनादेखि मुटुको इन्टरभेन्सनल शल्यक्रिया भइरहेको प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. प्रेमराज ज्ञवालीले जानकारी दिएका छन् ।

केही समय रोकिएको मुटुको ओपन शल्यक्रिया केन्द्रका कार्डियो–थोरासिक तथा भास्कुलर विभागका शल्य चिकित्सकहरु डा. सम्पूर्णमान तुलाधर, डा. संजित शाह, डा. रीचा जोशीको नेतृत्वमा बुधबारबाट पुनः सुरु भएको थियो । प्रा. डा. ज्योतिन्द्र शर्मा, डा. मुरारी उप्रेतीको टीमको सहयोगमा उक्त अपरेसन गरिएको थियो ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. ज्ञवालीका अनुसार कोभिड – १९ को कारणले संसार भरी नै स्थगित भएको मृगौला प्रत्यारोपणको शल्यक्रिया पनि केही समय पहिलादेखि सुरु गरिसकिएको छ ।

Leave a Reply