उदयपुर, २४ माघ । उदयपुरको बेलाका नगरपालिका–१ स्थित आम्बासिमा शनिबार आयोजित एक कार्यक्रममा ५० जनाले राप्रपा पार्टी प्रवेश गरेका छन् ।
राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री हरि बहादुर बस्नेत, कार्य संवाद समितिका धु्रव रायमाझी, गिरिधर परियार, दत्त नारायण केसी र राप्रपाका जिल्ला अध्यक्ष काजी बस्नेत र राप्रपा कार्यकर्ताहरुको उपस्थितिमा ५० जनाले पार्टी प्रवेश गरेका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री बस्नेतले बैशाख २५ गते पार्टीको महाधिवेशन हुने पनि जानकारी गराउनु भयो । उहाँले देशको ठूलो पार्टी नेकपा भित्रको आन्तरिक किचलोले देशले निकास नपाएको समेत बताउनु भयो ।