दाङ, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले सरकारको आलोचना गर्नुभएको छ ।
प्रेस संगठन दाङले शानिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले सरकारको आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीमा सहनशीलता नभएको आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री ओलीको दृष्टिकोण समाजबाद भएपनि व्यवहारमा त्यस्तो नभएको बताउनुभयो ।
अहिले जारी आन्दोलनका कार्यक्रम लक्षित गर्दै उहाँले अन्य दलसँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी रहेको बताउनुभयो । यसका लागि अन्य राजनीतिक दलहरुसंग छलफल चलिरहेको समेत उहाँले जानकारी दिनुभएको छ ।