भारतविरुद्धकाे दोस्रो टेष्टमा अष्ट्रेलीया १ सय ९५ रनमा सिमित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

भारतविरुद्धकाे दोस्रो टेष्टमा अष्ट्रेलीया १ सय ९५ रनमा सिमित

एजेन्सी, ११ पुष । भारत विरुद्ध ४ मध्ये दोस्रो टेष्टमा अष्ट्रेलीयाको पहिलो इनिङ १ सय ९५ रनमा सिमित रहेको छ । अष्ट्रेलीयाको मेलबर्नमा शनिबार पहिले व्याटिङ गरेको घरेलु टोलीले १ सय ९५ रन बनाउदा सबै विकेट गुमाएको हो ।

भारतका जसप्रित बुमराहले ४, रविचन्द्रन आश्विनले ३ तथा मोहम्मद सिराजले २ विकेट लिएपछि अष्ट्रेलियाको पहिलो इनिङ १ सय ९५ रनमा समेटिएको हो । अष्ट्रेलीयाका मार्नस लाबुसचेग्नेले ४८, ट्राभिस हेडले ३८ र म्याथ्यु वाडेले ३० रन बनाए , जवाफमा शनिबार नै पहिलो इनिङ थालेको भारतले १ विकेट गुमाएर ३६ रन बनाउदा पहिलो दिनको खेल सकिएको छ ।

चारतका मयंक अग्रवाल शुन्यमा आउट भए भने शुभमन गिल २८ र चेतेश्वर पुजारा ७ रनमा अविजित रहेका छन् । ४ वटा टेष्टको सिरिजमा घरेलु टोली अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । यसैगरी पाकिस्तान विरुद्ध २ मध्ये पहिलो टेस्टको पहिलो दिन न्युजिल्याण्डले ३ विकेट गुमाएर २ सय २२ रन बनाएको छ ।

न्युजिल्याण्डको माउन्ट माउन्गागुइमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले ३ विकेट गुमाएर २ सय २२ रन बनाउदा पहिलो दिनको खेल सकिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);