सामा चकेवा पर्ब तराई–मधेशमा हर्षाैल्लासका साथ बिसर्जन (भिडियाे सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सामा चकेवा पर्ब तराई–मधेशमा हर्षाैल्लासका साथ बिसर्जन (भिडियाे सहित)


महोत्तरी,१५ मंसिर। तराई मधेशमा पौराणीक कालदेखी मनाईदै आएका साँस्कृतीक पर्ब मध्येको महत्वपुर्ण सामा चकेवा पर्ब महोत्तरी सहित तराई–मधेशमा हर्षाैल्लासका साथ बिसर्जन गरीएको छ । सामा चकेवा पर्व विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये मिथिलान्चलको लोकप्रिय पर्व हो ।

सामा चकेवा पर्ब कात्र्तिक महिनाको शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइन्छ । मिथिलान्चलको प्राचिन समाजिक, पारिवारीक संस्कार र परम्परा झल्काउने सामाचकेवा पर्ब लोक नाट्यको एउटा रुप । माटोको कलात्मक प्रतीमा सामा चकेवा बनाएर रातीको समयमा महिला तथा किशोरीहरुले सामा चकेवा भन्ने पात्रलाई समर्थन गर्दै चुगला भन्ने कुपात्रलाई व्यंगात्मक गीतसंगीतका माध्यमले गाली र आलोचना गर्दै दाजुभाइको प्रशंसा तथा आशिष दिने खालका गीतहरु गाउँदै टोल भर भ्रमण गरी मनाउँदा दाजुभाइलाई दिर्घायु हुने विश्वास छ ।

सामा चकेवाको कलात्मक मूर्तिमा दही च्यूरा अर्पण गरेर पर्वको अन्तिम दिन पूर्णिमा तिथीमा चेलीबेटी विदाई गरे जस्तै माटोको भाडाकुंडा बनाई दाल, चामल, तरकारी मिठाई इत्यादि राखि गोरुले जोतेको खेत वा नजिकको जलाशयमा विसर्जन गर्ने परम्परा छ ।

स्थानिय सरकारबाट भने लोककला संस्कृती संरक्षणमा अहिले सम्म कुनै पहल नभएकाले स्थानीयको गुनासो छ । कतपिय लोकपर्बहरु लोपहुने अवसथामा समेत पुगिसकेकाछन् ।

यस पर्वको बहुआयामीक स्वरुप, गायन–विविधता, प्रकृतिप्रतिको अगाधप्रेम, माइति र चेली बीचको स्नेहपूर्ण सम्बन्ध, लोककल्याणको भावना जस्ता अनेक खण्डमा बाँडेर यस पर्वलाई विश्लेषण गर्ने गरिएको छ । यस्ता सांस्कृतीक धरोहरहरुको संरक्षण गर्न स्थानिय सरकार निति गतरुपमा नै अगाडी बढे मात्र यस्ता लोकपर्बहरुलाई संरक्षण र संबर्धन गर्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);