ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ

झापा, १५ मंसिर। खैरोहिरोईन ब्राउनसुगर सहित झापाको भद्रपुर–४ नरसिंह बगान क्षेत्रबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार गलगलिया–४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली रहेका छन ।

बिशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान ११ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा ५ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरु उपर थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);