धनगढी, १६ असोज । कैलालीको मोहन्याल गाउँपालिका ७ पितमारी नजिक कर्णाली नदीमा डुबेर टीकापुरका दुई जना वेपत्ता भएका छन्। पिकिनिक खाने भनेर त्यहाँ पुगेका टिकापुर नगरपालिका- ९ का ३० वर्षीय मुकुन्द न्यौपाने र उनकै भतिजा २८ वर्षीय रमेश न्यौपाने कर्णाली नदिमा डुबेर वेपत्ता भएका हुन।
उनीहरु आइतबार साँझ करिब साढे पाँच बजेतिर कर्णाली नदी किनारमा रमाइलो गर्न भनेर गएका थिए। प्रत्यक्षदर्शीका अनुसार गहिराइ नाप्ने भन्दै नदी किनारमा गएका बेला उनीहरु पानीको भुमरीमा परेका थिए। दुबै जनाको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक धनबहादुर बोहोराले जानकारी दिए।
दुबै जनाका लुगा नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । बाहिर हेर्दा सम्म जस्तो भएको कर्णाली नदीको, उक्त स्थानमा पानीको भुमरी रहेको र यसअघि पनि एकजनाको डुबेर मृत्यु भएको चीसापानी प्रहरीले जनाएको छ।




