आर्थिक अनियमितता गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दर्ता | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

आर्थिक अनियमितता गरेको भन्दै गृह मन्त्रालयमा उजुरी दर्ता

काठमाडाैं,१० मंसिर। हज समितिका अध्यक्ष समशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् ।

समितिका सदस्यहरुले बुधबार गृह मन्त्रालयमा उजुरी दर्ता गराएका हुन् । हज समितिका सदस्य नजीबुल्लाह अन्सारीले गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र संवैधानिक मुस्लिम आयोगमा अध्यक्ष मियाँले आर्थिक अनियमितता गरेको सम्बन्धमा प्रमाणसहित उजुरी दिएको बताउनुभयो । अध्यक्ष मियाँले हज यात्रामा जाने हाजीहरुको व्यवस्थापनमा करिब ३ करोड रुपैयाँ हिनामिना गरेको आरोप सदस्यहरुले लगाएका छन् ।

हज यात्राका लागि राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको १५ करोड रुपैयाँ ब्याज र कमिसनको लोभमा सनराइज बैंकमा सारेको आरोप समेत समितिका सदस्यहरुले लगाएका छन् । उनीहरुले अध्यक्ष मियालाई तत्काल हज समितिको अध्यक्षबाट हटाई कारबाही गर्न माग गरेका छन् ।

Leave a Reply

ताजा समाचार