तिलौराकोटसहित सात पुरातात्त्विक स्थलको गुरूयोजना बन्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

तिलौराकोटसहित सात पुरातात्त्विक स्थलको गुरूयोजना बन्दै

रुपन्देहि,२ मंसिर । गौतम बुद्धको गृहनगरी रुपन्देहिको तिलौराकोट सहित सात पुरातात्त्विक स्थलको गुरूयोजना निर्माण हुने भएको छ ।

प्रदेश ५ को महत्त्वपूर्ण पर्यटकीय सम्पदाका रूपमा लिइदै आएको राजा शुद्धोधनको दरबार तिलौराकोट, हजारौँ शाक्यको सामूहिक वधस्थल सग्रहवा, बुद्धले पहिलो पटक भिक्षुलाई सम्बोधन गरेको कुदान,कनकमुनि बुद्धको जन्मथलो निगालीकोट, क्रकुच्छन्द बुद्धको जन्मथलो गोटिहवा, बौद्धकालीन स्तूप भेटिएको अरौराकोट सहितका सात मुख्य बौद्ध स्थललाई समेटेर दीर्घकालीन गुरूयोजना निर्माण गर्न लागिएको हो ।

‘बृहत्तर लुम्बिनी क्षेत्र बौद्ध परिपथको योजना र लुम्बिनी, कपिलवस्तु र रामग्राम भित्रका सबै बौद्ध सम्पदालाई एउटै खाकामा राख्ने योजना रहेको छ । योजना अनुसार तिलौराकोटलाई केन्द्रमा राखी गुरूयोजना निर्माण गरिनेछ ।

नयाँ अध्ययन अनुसार तिलौराकोट क्षेत्रमा नेपालको सबै भन्दा पुरानो सभ्यता फेला परेको लुम्बिनी विकास कोषले जनाएको छ । करिब ६ महिनाभित्र गुरुयोजनाको खाका निमार्ण गरिने छ । गुरूयोजनाकालागि जग्गा अधिग्रहण सहित मुख्य संरचना निर्माणका लागि १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply