काठमाडौं, ९ कार्तिक । आइतबार ३३ सय ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आइसोलेसनमा ४५ हजार ५७२ जना छन् भने क्वारेन्टाइनमा ३हजार ६४ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण भएको छ। ३३ सय ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।
योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ। आइसीयूमा २७७ जना र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।




