सरकार नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भयो : नेता सिंह | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

सरकार नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भयो : नेता सिंह

काठमाडौं, ४ कार्तिक । कोभिड-१९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधान विपरित भएको टिप्पणी गर्नुभएको छ । उहाँले संविधानले ज्ञारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत बताउनुभयो । कोभिड-१९ संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडी हटेर आफ्नो उपचार आफै गर्न भन्नु गैह्रजिम्मेवारपूर्ण कदम भएको पनि उहाँले बताउनुभयो ।

मंगलबार नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जीउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैह्रजिममेवार रुपमा प्रस्तुत भएको बताउनुभएको हो । यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउन समेत उहाँले माग गर्नुभयो ।

संविधानले दिएको आधारभुत स्वास्थ्यको अधिकार विपरित सरकारको निर्णय

यस्तै कांग्रेस सह–महामन्त्री प्रकाशसरण महतले संविधानले दिएको आधारभुत स्वास्थ्यको अधिकार विपरित सरकारले निर्णय गरेको बताउनुभयो । जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको पनि उहाँले बताउनुभयो । त्यसैले कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडक मार्फत समेत विरोध गर्ने बताउनुभयो ।

सरकारमा बस्नेहरुले राज्यकोषलाई आफुखुशि खर्च गर्न हुने तर जनताको आधारभुत आवश्यकता पूर्ति गर्न तर्फ साधन स्रोत भएन भनेर पन्छिनु गैह्रजिम्मेवारपूर्ण कदम भएको उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);