उदयपुर, २ कार्तिक । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा स्कारपिओ दुर्घटना हुँदा ५जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा२०प७१७१ नम्बरको स्कारपियो शनिबार राती सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेका छन् भने अन्य ३ जनाको पहिचान खुल्न सकेको छैन ।
त्यस्तै दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् ।
उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ ।