आईपीएल क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा ७ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

आईपीएल क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा ७ जना पक्राउ

काठमाडौं, २६ असोज । प्रहरीले काठमाडौंको कालीमाटीबाट इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।आईपीएल क्रिकेटमा सट्टेबाजी भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर भएका कुलदीप शारण, सन्जिव शारण, ३८ वर्षीय अजय गौतम, ४६ वर्षीय नविन जैन, प्रदिप घिमिरे, काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा र काठमाडौं महानगर–१३ सोल्टिमोड वस्ने ५५ वर्षीय अनिलकुमार बमसल रहेका छन् । कुलदीपलाई आइतबार पक्राउ गरिएको र उसकै बयानका आधारमा अन्य ६ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कुलदीप कमलपोखरीस्थित होटल कोनार्क इनको कोठा नम्बर १०५ मा बस्दै आएको प्रहरीको भनाई छ । प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरुको साथबाट २ वटा सवारी साधन र नेपाली १ लाख ८५ हजार १२० रुपैयाँ बरामद भएको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);