कांग्रेसको प्रश्न - खाडीका श्रमिक 'बर्ग शत्रु' हुन् प्रधानमन्त्रीज्यु ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

कांग्रेसको प्रश्न – खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यु ?

काठमाडौं, ६ भदौ । नेपाली कांग्रेसले सरकारले चार्टर उडानको टिकटदेखि अन्य सबै खर्चको भार बोकाएर श्रमिकको पीडामाथि पीडा थपेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश सरकारले कार्यान्वयन नगरी श्रमिकलाई झन् पीडा थप्ने काम गरेको बताउनुभएको हो ।

६ महिनादेखि बेरोजगार भएर खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई चार्टर उडानको महँगो टिकट खरिद गर भन्नु न्यायोचित नभएको विज्ञप्तिमा उल्लेख छ । ‘सरकारको उक्त निर्णयले सर्वोच्चको गत असार १ को निःशुल्क उद्धार गर भन्ने आदेशको उल्लंघन भएको विज्ञप्तिा जनाइएको छ । असार १ गते सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो ।

श्रमिकलाई ‘चार्टर उडानको महँगो टिकट, होटल क्वारेन्टीनको खर्च, पीसीआर परीक्षणको खर्च र गाउँ पुग्ने यातायात खर्च पनि आफै बेहोर्नू’ भन्ने सरकारको निर्णय न्यायोचित नभएको कांग्रेसको भनाई छ । रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरेर निःशुल्क उद्वार गर्न पनि कांग्रेसले सरकारसमक्ष पुनः माग गरेको छ ।

कांग्रेसले सर्वोच्चको आदेश पालना गरी सरकारी खर्चमै क्वारेन्टीन, पीसीआर परिक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);