कतार संकट शान्तिपूर्ण ढङ्गले हटाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २१ २०८१, बुधवार

एजेन्सी, ५ असोज । कतारका राजकुमार सेख तमिम बिन हमाद अल थानीले कतार संकट समाधानका लागि संयुक्त राष्ट्र संघमा बोल्दै विश्वको ध्यानाकर्षण गरेका छन् ।

संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा सम्बोधन गर्दै अल थानीले अरब अन्य चार मुलुकले लगाएको प्रतिबन्ध शान्तिपुर्ण रुपमा अन्त्य गर्नुपर्ने बताउँदै कतार संकट समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् । बिना कुनै जानकारी अथवा निर्देशन, नाकाबन्दी गर्नु भद्ररुप नरहेको उनको भनाई थियो । उनले शान्तिपुर्ण ढङगले असमझदारी अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

कतारले आतंकवादलाई सहयोग गर्दै आएको आरोप लगाउँदै गत जुन ५ देखि कतारसँग सम्बन्ध तोडेर नाकाबन्दी गरिएको घोषणा भएको थियो । कतारका राजकुमारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट गर्दै कतार संकट समाधान गर्न मध्यस्तकर्ता रहनको लागि आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);