काम गर्न गएका ४२ जना मजदुर सडक अवरुद्धपछि फर्किए | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

काम गर्न गएका ४२ जना मजदुर सडक अवरुद्धपछि फर्किए

म्याग्दी, ७ साउन । म्याग्दीको कोरला सडक अन्तर्गत बेनी–जोमसोम सडकखण्डको लेतेमा काम गर्न पुगेका ४२ जना मजदुर बिच बाटोबाटै फर्किएका छन् ।

बाँकेबाट चार दिन लगाएर म्याग्दी पुगेका मजदुरहरू लगातारको वर्षाका कारण बाढी र पहिरोले सडक अवरुद्ध भएर लेतेसम्म पुग्न नसकेपछि फर्किन बाध्य भएका हुन् ।

उनीहरू केही दिन बिच बाटोमै अलपत्र परेका थिए। तर, मङ्गलबार बाँके नै फर्किएको म्याग्दीका मजदुर नेता अनिल घर्तीमगरले बताउनुभयो।

सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि राजन न्यौपानेले गलेश्वरस्थित पक्की पुल गत शुक्रबार बाढीले बगाएपछि सडक निमार्णका लागि चाहिने सामग्री उपल्ब्ध गराउन नसकिएको, डोजरका लागि तेल ढुवानी गर्न नसकिएको र नालि निमार्णका लागि सिमेन्ट, बालुवा, रड ढुवानीमा पनि समस्या आएपछि मजदुरहरूलाई फिर्ता पठाउनु परेको बताउनु भएको छ।

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वर, वैशरी, भुरुङ्ग, तातोपानी, दानाको घट्टेखोला लगायत विभिन्न स्थानमा गरी करिब २० भन्दा बढी साना तथा ठूला पहिरो गएका छन् ।