'विदेशमा पुगेका सांस्कृतिक सम्पत्ति तथा सम्पदा फिर्ता ल्याउन सकिन्छ' | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

‘विदेशमा पुगेका सांस्कृतिक सम्पत्ति तथा सम्पदा फिर्ता ल्याउन सकिन्छ’

antarastriya samiti

काठमाडौं, १४ असार । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विदेशमा पलायन भएका नेपालका सांस्कृतिक सम्पत्तिहरु फिर्ता ल्याउन सकिने बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा उपस्थित हुनुभएका महानिर्देशक गौतमले सरकारले स्पष्ट नीति बनाए नेपालबाट विदेशमा पुगेका सांस्कृतिक सम्पत्ति तथा सम्पदाहरुलाई फिर्ता ल्याउन सकिने बताउनुभएको हो । त्यसका लागि नीति निर्माण गर्न मन्त्रालयलाई निर्देशन दिन समेत उहाँले समितिलाई आग्रह गर्नुभयो ।

पुरातत्व विभागले चालु आर्थिक वर्षमा गरेका कार्यप्रगति र आगामी कार्य योजनाको विषयमा गरिएको छलफलका क्रममा महानिर्देशक गौतमले जनशक्तिको अभाव हुँदा देशका सबै सम्पदाको विकास र संरक्षणको काम प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले देशभरका सम्पदालाई हेर्न जम्मा ६५ जनाको दरबन्दी रहेको र काठमाडौं, नुवाकोट र गोरखामा बाहेक कतैपनि कार्यालय नरहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्ष भित्रमा भूकम्पबाट क्षति भएका ९ सय २० सम्पदा मध्ये ४ सय ६० सम्पदाको पुननिर्माण सम्पन्न हुने जानकारी समेत दिनुभयो ।

बैठकमा सांसदहरुले स्थानीय तह, प्रदेश सरकार, पुरातत्व विभाग र पुननिर्माण प्राधिकरण बीच समन्वय हुन नसक्दा पुननिर्माणको कामले गति लिन नसकेको बताएका छन् । यस्तै सांसदहरुले विभगसँग नयाँ भिजन र योजना नहुँदापनि पुरातात्विक सम्पदाहरुको संरक्षण हुन नसेको बताएका छन् ।

बैठकमा सांसदहरुले भूकम्पपछि क्षति हुन पुगेका सम्पदाहरुको पुननिर्माणलाई तिब्रता दिन आफ्नो भूमिकालाई थप प्रभावकारी रुपमा अगाडि बढाउन विभागलाई आग्रह गरेका छन् । यस्तै सम्पदाहरुको खोज र अनुसन्धान कार्यलाई बढाउन र प्राप्त भएका पुरातात्विक सम्पत्तिहरुको व्यवस्थित संरक्षण गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);