भारतले वार्तामा बस्ने कुनै चासो नदेखाएको परराष्ट्रमन्त्रीको ब्रिफिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतले वार्तामा बस्ने कुनै चासो नदेखाएको परराष्ट्रमन्त्रीको ब्रिफिङ

काठमाडौं, १२ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपालसँगको सीमा समस्या समाधानका गर्न वार्तामा बस्ने कुनै चासो नदेखाएको ‘ब्रिफिङ’ गर्नुभएको छ । उहाँले लिम्पियाधुरा, लिपुलेक र कालामानी क्षेत्रको समस्या समाधानका लागि वार्ता गर्न नोभेम्बर, डिसेम्बर र जनवरीमा गरी तीनपटक सम्म पत्र पठाउँदा समेत भारतले चासो नदेखाएको मन्त्री ज्ञवालीले बैठकलाई जानकारी गराउनुभएको हो ।

मन्त्री ज्ञवालीले भन्नुभयो ‘सीमाको विषयमा भारतसँग कुरा गर्न ३ पटक पहल गर्दा पनि भएको छैन। पछिल्लो समय कोरोनाको कारण देखाइरहेको छ,’। उहाँले भारतसँग सीमा समस्या समाधानका लागि वार्ताको पहल गरिरहेको जानकारी पनि दिनुभयो ।

मन्त्री ज्ञवालीले कोभिड १९ को महामारी कम भएपछि मात्रै वार्तामा बस्ने अनौपचारीक जानकारी आएको बताउनुभएको थियो । यस्तै छिमेकी चीनसँग पछिल्लो समय सञ्चारमाध्यममा आएजस्तो कुनै सीमा समस्या नरहेको जानकारी समेत गराउनुभएको थियो ।

बैठकमा सीमा क्षेत्रमा डुवानको समस्या, अपराधिक गतिविधि, लगायतका विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बैठकमा जानकारी गराउनुभएको थियो । बैठकमा विभिन्न १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);