चिनियाँ कम्युनिष्टले सत्तारुढ दललाई प्रशिक्षण दिनु अपाच्य : सांसद रिजाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

चिनियाँ कम्युनिष्टले सत्तारुढ दललाई प्रशिक्षण दिनु अपाच्य : सांसद रिजाल

minendra rijal

काठमाडौं, ९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले चिनियाँ कम्युनिष्ट नेताले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ती जनाउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै उहाँले विगतमा छिमेकी राष्ट्रसंगको विशिष्ठ र कुटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवै तर्फका नेता र दलहरु आलोचित हुन पुगेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराउनुभयो ।

पछिल्लो समय चिनियाँ कम्युनिष्ट नेताहरु नेपालका सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु “अपाच्य”रहेको भन्दै त्यस तर्फ गम्भीर नेकपाको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रिजालले भन्नुभयो “छिमेकी राष्ट्र भारत र चिन संग हाम्रो सम्बन्ध विशिष्ठ रहेको छ । हाम्रो र छिमेकका राष्ट्रहरुबीचको कुटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरुबीचको सौहार्दताको सिमा परवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवै तिरका दल र नेताहरु विगतमा आलोचित रहे । आगतमा उत्तरको छिमेकको दलको नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने र आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ । यसमा सत्तारुढ दलको ध्यान जाओस् ।”

सांसद रिजालले प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्रीको जवाफ माग्नुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको ५ करोड मुल्यको गाडी खरिद प्रक्रिया कोरोनाको कहरमा फागुन देखि रोकिएको थियो । असार ३ देखि नेपाल प्रहरीले यो प्रक्रिया अघि बढायो भन्ने खबर एक राष्ट्रिय दैनिकमा आयो । माननीय गृहमन्त्री के यो साचो हो ? हो भने कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाईएला भन्ने डरले उल्फाको धन झै फजुल खर्च गर्न सरकारी तयारी हो यो । जवाफ पाउँ । ”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);