नेपाललाई हल्लै हल्लाको देश नबनाइयोस् : सांसद न्यौपाने | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

नेपाललाई हल्लै हल्लाको देश नबनाइयोस् : सांसद न्यौपाने

काठमाडाैं, ९ असार । सांसद भगवती न्यौपानेले पछिल्लो समय नेपालमा भ्रमपूर्ण र अर्थहीन अभिव्यक्ति दिने संख्या बढेको बताउनु भएको छ । सामाजिक सञ्जालमा भएको प्रचारलाई आधार मानेर विरोध गर्ने परिपाटीको विकास भएको कारण सकरात्मक कुरा पनि नकरात्मक भएको कुराप्रति आपति जनाउनुभयो ।

सामाजिक सञ्जालदेखि लिएर सदनमा समेत पनि विभिन्न आधारमा मिथ्या आरोपहरु लगाएर भ्रमपूर्ण वाताबरण सिर्जना भएको उल्लेख गर्नुभयो।

नागरिकताको विधेयकको सन्दर्भमा पनि भारतको विरोधी, मधेसी विरोधी लगायतका विभिन्न लाञ्छना लगाई अलोकतान्त्रिक कुरा गर्ने परिपाटी चलेको बताउनु भयो । नागरिकताको बिषय संवेदनशील बिषय भएकोले विभिन्न भ्रमप्रर्ण अभिव्यक्ति नदिन सदनमा समेत आग्रह गर्नुभयो ।