प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र बर्नलीबीच प्रतिस्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र बर्नलीबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी, ८ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राती म्यानचेस्टर सिटीले बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ । साविक विजेता समेत रहेको सिटीले घरेलु मैदानमा बर्नलीसँग खेल्न लागेको हो । म्यानचेस्टर सिटी र बर्नलीबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुने छ ।

घरेलु मैदानमा हुने खेलमा सिटी बर्नलीलाई हराएर शीर्ष स्थानको लिभरपुललाई दबाब कायम राख्ने दाउमा रहेको छ । सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ ।यस सिजन लिभरपुललाई उपाधि जित्न ५ अंकको आवश्यकता रहेको छ ।

लिभरपुलको ८३ अंक रहेको छ । एक खेल कम खेलेको सिटीको ६० अंक रहेको छ ।घरेलु मैदानमा सिटी बर्नलीसँग पराजित भए लिभरपुललाई उपाधिका लागि थप सहज हुनेछ । तर, सिटी बर्नलीलाई हराएर लिभरपुलको उपाधि होड पछि धकेल्ने योजनामा रहेको छ । यस अघि सिटीले आर्सनललाई हराएको थियो ।

यता, बर्नली पनि सिटीलाई स्तब्ध बनाएर अंक तालिका सुधार गर्ने योजनामा रहेको छ । ३९ अंक जोडेको बर्नली ११ औं स्थानमा रहेको छ । सिटीलाई हराउँन सके बर्नली शीर्ष १० मा उक्लनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);