कपिलवस्तुमा विद्युत चुहावट बढ्यो | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

कपिलवस्तुमा विद्युत चुहावट बढ्यो

bijuli chori

कपिलवस्तु, ७ असार । कोरोनाका कारण जारी लकडाउनले विद्युत चुहावट बढे पछि अहिले फेरी त्यसको नियन्त्रणकालागि अभियान चलाईएको छ । नेपाल विद्युत प्राधिकरण तौलिहवामा वितरण केन्द्रले गत फागुन महिना भरी अभियान चलाएको थियो । कोरोना भाईरसका कारण जारी लकडाउनले अभियान रोकिए पछि गाउँ-गाउँमा फेरी हुकिङ गर्ने तथा मिटर बिगार्ने गरी विद्युत चोरी बढेको प्राधिकरणले जनाएको छ ।

लकडाउन केही खुकुलो भए पछि एक साता यता फेरी गाउ गाउँमा विद्युत चुहावट अभियान चलाईएको प्राधिकरण तौलिहावाका प्रमखु जय कुमार यादवले बताउनुभयो । कारेना भाईरसका कारण कर्मचारीहरु फिल्ममा खटिन नसके पछि गत चैत यता चुहावट बढेको उनले बताए । अहिले लकडानउ खुले पछि कर्मचारीहरुलाई चुहावट बढी हुने दक्षिणी क्षेत्र तर्फ परिचालन गरिएको उहाँले बताउनुभयो ।

रातको सयममा हुकिङ गरी चोरी गर्ने गरिएकाले सुराकीकालागि कर्मचारीहरुलाई मोटरसाईलमा पठाउने गरिएको छ । पहिला चोरी गर्ने स्थान र व्यक्तिको पहिचान गर्छौ, अनि टोलीलाई त्यहा पठाउने गरेका छौ ’ प्रमुख यादवले भन्नुभयो । मायादेबी, यशोधरा र सुद्धोदन गाउपालिकाका विभिन्न गाउँहरुमा चुहावट बढी हुने गरेको छ ।

पर्साहिया, भैसहीया, जमुनी हरीबंशापुर, बरबलीया, बिजुवा, अभिराव फुलिका लगातयका गाउँहरुमा संगठितरुपमा नै विद्युत चोरी गरिएको पाईएको छ । चोरीमा संलग्न २ जनालाई जरिवाना तिराई छाडिएको छ । यस्तै पर्साहियामा २ वटा मोटर, सिसहीनायमा एक, सेमरौटीमा एक, लोहरपुरामा एक, जुमनीमा एक, बिजुवामा एक तथा तौहिलवाको प्रशासन चोकमा रहेको एक मिटर समेत जफत गरिएको छ ।

अभियान अन्तर्गत नै गत जेठ ३१ गते बलुहवामा चुहावट नियन्त्रणका क्रममा कर्मचारीमाथी दब्र्यवहार गरिए पछि गाउँ नै ब्ल्याक आउट गरिएको थियो । माफी माग्दै जरिवाना तिरे पछि एक दिन पछि संचालन गरिएको थियो । चुहावट नियन्त्रणकालागि जनप्रतिनिधि, अगुवाहरुलाई आगैह गरिए पनि चासो नदिदा चुहावट नियन्त्रणमा कठिनाई भएको प्रमुख यादवले बताउनुभयो । ३ महिनाको लकडाउनले गर्दा चुहावट प्रतिशत समेत बढेको छ । गत बर्ष यही अवधिमा १२ प्रतिशत सम्म चुहावट झारिएकोमा अहिले भने २५ प्रतिशत चुहावट भएको छ ।

लडडाउनले विद्युत महसुल संकलन समेत घटेको छ । लकडाउन अघि मासिक चार करोड बढी संकलन भएकोमा अहिले मासिक सवा कारोडको हाराहारीमा मात्र संकलन भईरहेको छ । उता शिवगढीमा मिटर रिडरलाई समेत कोरोना लागे पछि विद्युतका कर्मचारी समेत डराएकाले काम गर्न गाह्रो परेको कर्मचारीहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);