आज खण्डग्रास सूर्यग्रहण : बिहान १०:५० मा स्पर्श, २:२३ मा मोक्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

आज खण्डग्रास सूर्यग्रहण : बिहान १०:५० मा स्पर्श, २:२३ मा मोक्ष

grahan

काठमाडौं, ७ असार ।  आज सूर्यग्रहण देखिँदै छ । यो ग्रहण बालाको आकारमा मात्रै देखिने सूर्यग्रहण भएपनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिने जानकारी दिनुभयो । ग्रहण कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ ।

नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिनेछ । काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने बताइएको छ । नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने छ ।

ग्रहणका समयमा तापक्रम घटेर चिसो अनुभव हुनेछ । सूर्य ग्रहण हेर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिना नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्ने विज्ञहरुले बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);