रोजगारी र पढाईका लागि विदेश जान दिने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

रोजगारी र पढाईका लागि विदेश जान दिने सरकारको निर्णय

airport

काठमाडौं, ६ असार । सरकारले रोजगारी र अध्ययनका लागि भिसा लिएकालाई विदेश जान दिने निर्णय गरेको छ। । लामो समयको बन्दाबन्दीका कारण श्रम स्वीकृति र विदेश अध्ययनका लागि अनुमति दिन बन्द गर्दा विदेश जान पाएका थिएनन् ।

विदेशबाट उद्धारका लागि आएका विमानमा जाने मिल्ने गरी अनुमति खुला गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान असार तेस्रो हप्ताका लागि बन्द गरिएको छ ।

सीसीएमसीको शुक्रबार बसेको बैठकले वैदेशिक रोजगारीमा रही बिदामा घर आएका र नयाँ रोजगारीका लागि विदेश जान तयारी अवस्थामा रहेकालाई जनस्वास्थ्य प्रोटोकल पालना गर्ने गरी आवतजावत गर्न अनुमति दिने निर्णय गरेको छ।

अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा आवतजावत अनुमति दिने छ । यात्रा गर्दा कोरोना भाइरसको रिपोर्ट चाहिने भए जाँच गर्दा लाग्ने खर्च सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्नेछ ।