चीनको नियन्त्रणमा रहेका १० जना भारतीय सैनिक मुक्त | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

चीनको नियन्त्रणमा रहेका १० जना भारतीय सैनिक मुक्त

एजेन्सी, ५ जेठ । भारत–चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपकाक्रममा चीनको नियन्त्रणमा रहेका १० जना भारतीय सैनिक मुक्त भएका छन् ।

सोमबार सीमा विवादलाई लिएर दुबैदेशका सैनिकबीच झडप चिनियाँ सैनिकले नियन्त्रणमा लिएको १० जना भारतीय सैनिक मुक्त भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

त्यो झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । दुबै देशकाबीच उच्च तहमा भएको थुप्रै चरणको छलफलपछि उनीहरूलाई रिहा गरिएको हो । दुबै देशका सेनाका मेजर जनरल तहमा भएको कुराकानीपछि उनीहरूलाई रिहा गरिएको बताइएको छ ।

पछिल्लो झडपका लागि दुबै देशले एकअर्कालाई आरोप लगाएका छन् । सोमबार भएको झडपलाई सन् १९६२ मा भएको चीन भारत युद्धपछिकै ठूलो सैन्य टकराव मानिएको छ । घटनापछि भारतमा चिनियाँ सामान बहिष्कार आवाज उठेको छ ।

चीनले पनि आफ्नोतर्फ पनि क्षति भएको बताएपनि के कति संख्यामा हताहती भयो भन्ने विवरण सार्वजनिक गरेको छैन । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसंगको जारी तनावका सम्बन्धमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);