नदी नाला बेचेर राष्ट्रघात गर्नेहरुले माफी माग्नुपर्छ : प्रमिला कुमारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नदी नाला बेचेर राष्ट्रघात गर्नेहरुले माफी माग्नुपर्छ : प्रमिला कुमारी

pramila yadav

काठमाडौं, ४ असार । राष्ट्रिय सभामा नेपालको संशोधन दास्रो संशोधन विधेयक २०७७ माथिको दफावार छलफलमा सहभागि हुँदै सांसद प्रमिला कुमारीले नेपाली शासकले कोशी,गण्डक र टनकपुर सम्झौता सन १९५४ देखी ६ पटक गरेको बताउनुभयो । उहाँले सम्झौता क–कसले गर्‍यो ? । के-के सम्झौता भयो सार्वजनिक हुनुपर्छ कि पर्दैन भनेर प्रश्न गर्नुभयो । सांसद यादवले राष्ट्रघाती नेताहरुले जनतासामु माफी माग्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो स्वार्थको लागि नेपाली शासकहरुले समय समयमा प्राकृतिक स्रोत अरु देशलाई बेचेको तितो उदाहरण महाकाली सन्धि भएको बताउनुभयो। उहाँले नेपाली शासकहरुले देशको नदीनाला बेचेर आफनो राजनीतिक जीवन लम्ब्याउने चलखेल शासकले गर्दै मालामाल भएको बताउनुभयो ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);