पूर्वकप्तान सागर थापासहित ६ जनालाई सफाइ | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

पूर्वकप्तान सागर थापासहित ६ जनालाई सफाइ

sagar thapa safai

काठमाडौं, २ असार । सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सफाइ दिएको छ । मंगलबार न्यायाधीशहरू डाक्टर आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले सबैलाई सफाई दिएको हो ।

सर्वाेच्चले यसअघि विशेष अदालतले २०७५ जेठमा गरेको सफाइ दिने फैसलालाई सदर गर्दै सफाई दिएको हो । बिशेष अदालतले त्यतिबेला सागर थापा लगायतलाई सफाई दिएको थियो । तर त्यसका विरूद्ध सरकारी वकिलले पुनरावेदन दिएको थियो ।

सरकारी वकिलको दाबी पुग्न नसकेको भन्दै इजलासले विशेष अदालतकै फैसला सदर गरेपछि खेलाडीले सफाइ पाएका हुन । पूर्वकप्तान थापासहित विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई २०७२ कात्तिक २२ गते विशेष अदालतमा राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको थियो।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);