मेलम्ची खानेपानी आयोजनाविरुद्ध आन्दोलन गर्ने ५ जना प्रहरीकाे नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

मेलम्ची खानेपानी आयोजनाविरुद्ध आन्दोलन गर्ने ५ जना प्रहरीकाे नियन्त्रणमा

मेलम्ची, १ असार । मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरुले सोमबार आन्दोलन सुरु गरेका हुन् ।

यस अघिको इटालियन ठेकेदार कम्पनी सीएससीले बिचमा नै काम छाडेपनि पाउनुुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदुर र स्थानीय ठेकेदारहरु लामो समयदेखि आन्दोलनमा छन् । कोरोना महामारीको बेला २५ जना भन्दा बढिले लकडाउनको उलङ्घन गरेको भन्दै प्रहरीेले ५ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले आयोजना पिडित उत्तर कुमार श्रेष्ठ, पुरुषेत्तम श्रेष्ठ, बुद्धिकृष्ण लामिछाने, बलराम लामिछाने, राजनलाल श्रेष्ठ गरि ३ जना सप्लार्यस र २ जना मजदुर गरी ५ जनालाई नियन्त्रणमा लिएको हो । मजदुर र स्थानीय आपूर्तिकर्ताले इटालियन कम्पनी सिएमसीसँग १ अर्ब ६७ करोड रुपैयाँ लिन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);