आर्थिक विधेयक अग्लोमा थप्ने र खाल्टोमा झिक्ने जस्तो भयो : सांसद सुवाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आर्थिक विधेयक अग्लोमा थप्ने र खाल्टोमा झिक्ने जस्तो भयो : सांसद सुवाल

prem suwal

काठमाडौं, ३२ जेठ । प्रतिनिधिसभाका सांसदहरुले सरकारले ल्याएको ‘आर्थिक विधेयक २०७७’ले नागरिकमाथि असमान व्यवहार गरेको बताएका छन् ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले ‘आर्थिक विधेयक २०७७’ले ठूला उद्योगी व्यापारीले अर्बौं छुट दिएको र गरिब मजदुर किसानहरुलाई महँगीमा पारेको बताउनुभयो । उहाँले बजेट पूँजीवादी दर्शनमा आधारीत भएर आएको र निर्माण र विकासको काम ठेक्कामा दिएर कमिशन खान खोजिएकोले आफुले संशोधन प्रस्ताव पेस गरेको बताउनुभयो ।

प्रस्तावनामा कर घटाउने र छुट दिने शब्दको सट्टा गरिबलाई कर छुट दिई अन्यलाई सम्पत्ति अनुसार कर लगाइने शब्दहरु राख्नुपर्ने बताउनुभयो । उहाँले विद्युतिय सवारीसाधनमा लगाइएको महसुलमा नागरिकको विरोध रहेकाले त्यस्तो कर हटाउने र नेपालका इन्जिनियरिङ क्याम्पसहरुलाई सहयोग गरी विद्युतिय गाडि र इन्डक्सन चुल्हो बनाउने योजना विधेयकमा आउनुपर्ने बताउनुभयो ।

सांसद सुवालले विधेयकले अग्लोमा थप्ने र खाल्टोमा झिक्ने खालको करनीतिलाई अवलम्बन गरेकोले यसलाई संशोधन आवस्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘आर्थिक विधेयक हेर्दाखेरी अग्लोमा थप्ने र खाल्टोमा झिक्ने जनविरोधि करनीतिलाई निरन्तरता दिएको छ । यो आर्थिक विधेयक फिर्ता हुनु आवस्यक छ र यसलो सरकारको औचित्यतामाथि नै प्रश्न उठाएको छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);