नयाँ रोजगारी सुनिश्चित गर्नुपर्ने विज्ञको सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नयाँ रोजगारी सुनिश्चित गर्नुपर्ने विज्ञको सुझाव

प्रमिला खतिवडा
काठमाडौ, २८ जेठ । नेपालको श्रम क्षेत्रका गन्तव्य कृषि, उद्योग पर्यटन र सेवामूलक क्षेत्रहरु हुन् । यी क्षेत्रमा उत्पादनको साधनहरुको अधिकतम परिचालन गरी आन्तरिक रोजगारी बृद्धि गर्ने सरकारी योजना भएपनि कृषि र गैरकृषिमा जनसंख्याको पछिल्लो समय कोरोनाका कारण लाखौ रोजगारी खोसिएको छ ।

श्रमशक्ति सर्वेक्षण २०१७÷१८ अनुसार कुल जनसंख्याको ३४ प्रतिशत मात्रै रोजगारीमा रहेका छन् । कुल जनसंख्याको ११.४ प्रतिशत जनसंख्या पूर्ण बेरोजगार रहेका छन् । बेरोजगारीको समस्या झेलिरहेकै बेला पछिल्लो समय कोरोना कारण लाखौ रोजगारी खोसिएको अनुमान छ ।

यद्यपी सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ को बजेटमा  ५ वर्षभित्र रोजगारीको लागि युवा विदेश पलायन रोक्ने घोषणा गरेको थियो । रोजगार प्रवद्र्धनको लागि भन्दै पहिलो पटक राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन समेत गरेको थियो ।

सम्मेल नको घोषणापत्र सार्वजनिक गर्दै सरकारले वार्षिक ५ लाख रोजगारी सिर्जंना गर्ने भनेको हो । आगामी आर्थिक वर्ष २०७७÷७८को बजेटमा पनि सरकार साढे ७ लाख बढी थप रोजगारी सिर्जना गर्ने भनेकोछ । तर, कोरोनाका कारण करिब २० लाख रोजगारी खोसिएको अनुमान गरिएको अर्थविद् नविन अधिकारीले बताउनु भएको छ ।

कोरोना कहरपछि आन्तरिक रोजगारी कति गुमेको छ भन्ने यकिन तथ्यांक त छैन । तर रोजगारी उपलब्ध गराइएका क्षेत्रहरुको प्रारम्भिक अनुमान अनुसार २० लाख बढीको रोजगारी गुमेको छ । उद्योग धन्दा र सेवा क्षेत्र अझै ठप्प भए मौज्दात रोजगारी पनि गुम्न सक्ने आँकलन गरिएको छ ।

साना, मझौला तथा ठूला उद्योगमा रहेका ३० लाख श्रमिक जोखिममा छ । रोजगारीको प्रमुख क्षेत्र मानिएको कृषि क्षेत्रमा पनि करिब ८० प्रतिशत मानिसको रोजगार र स्वरोजगार साँगुरिदै गएको छ ।

सेवामूलक क्षेत्र अन्र्तगत बैक तथा वित्तिय संस्थामा पनि हजारै रोजगार जोखिममा छ । यसर्थ सरकारले उत्पादन उत्पादकत्वमा बृद्धिका लागि कृषि तथा गैर कृषि क्षेत्रमा नयाँ रोजगारी सिर्जना गर्न दीर्घकालीन नीति र योजना कार्यान्वयनमा ल्याउनुका विकल्प छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);