नापी कार्यालयका सर्वेक्षकविरूद्ध ५ करोडको भ्रष्टाचार मुद्दा | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

नापी कार्यालयका सर्वेक्षकविरूद्ध ५ करोडको भ्रष्टाचार मुद्दा

Commission for the Investigation of Abuse of Authority, CIAA

काठमाडौं, २७ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरूद्ध ५ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०५४ साल पुसदेखि २०७६ वैशाखसम्म सरकारी सेवामा रहँदा उनले ५ करोड ४३ लाख २७ हजार बराबरको अवैध सम्पत्ति थुपारेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनलाई २ वर्षसम्म कैद र विगो बमोजिम जरिवाना र भ्रष्टाचार गरी कमाएको सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ ।

सरकारी सेवाको २२ वर्ष अवधि र अरू सम्पत्ति गरी उनको वैध आय जम्मा १ करोड १७ लाख ४१ हजार हुने पनि अख्तियारले जनाएको छ । तर काफ्लेले आफ्नो हैसियतभन्दा पनि धेरै जग्गा जमिन खरिद गर्ने, महँगोमा खरिद गरेर कम मूल्यका कागजात बनाउने, र श्रीमतीको नाममा सम्पत्ति थुपार्ने गरेको भन्दै उजुरी परेको थियो ।

उजुरीमा छानबिन गर्दा काफ्लेले सार्वजनिक सेवाको पदमा बहाल भएका बेला गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तरयापन गरेको तथ्यप्रमाणबाट पुष्टि हुने अख्तियारको अभियोगपत्रमा उल्लेख छ । उनकी श्रीमतीको नाममा रहेका जग्गा जमिन, बैंक ब्यालेन्स रोक्का गरी जफत गर्न पनि अख्तियारको माग छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);