कोरोनाको सूचना सार्वजनिक गर्न ब्राजिललाई डब्लूएचओको आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

कोरोनाको सूचना सार्वजनिक गर्न ब्राजिललाई डब्लूएचओको आग्रह

WHOL

एजेन्सी, २७ जेठ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको सूचना सार्वजनिक गर्न ब्राजिललाई आग्रह गरेको छ । कोरोनाको असरबारे तथ्यांक नलुकाउन आग्रह गर्दै डब्लुएचओले नागरिकको सुरक्षाका लागि पनि तथ्यांक सार्वजनिक गर्नुपर्ने बताएको हो ।

ब्राजिल सबैभन्दा धेरै कोरोना संक्रमित देशको सूचीको दोस्रो स्थानमा छ । तर कोरोना रोकथाम गर्न नसकेको भन्दै सरकारले आलोचना हुन थालेपछि ब्राजिलले कोरोनासँग सम्बन्धित जानकारी हटाएको थियो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा १८ हजार भन्दा धेरै नयाँ सक्रमित भेटिएका वर्ल्डओमिटरले जनाएको छ । अहिलेसम्म ब्राजिलमा ७ लाख १० हजारभन्दा धेरैमा संक्रमण भएको छ भने ३७ हजार ३ सय १२ जनाको ज्यान गएको छ ।

यस्तै धेरै संक्रमित हुने देशको पहिलो नम्बरमा रहेको अमेरिकामा पनि १८ हजार भन्दा धेरै संक्रमित भेटिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);