काठमाडौं–निजगढ द्रुत मार्ग तोकिएकै समयमा : नेपाली सेना | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

काठमाडौं। ४ असोज । नेपाली सेनाले काठमाडौं निजगढ द्रुत मार्ग निर्माणको काम तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडले काठमाडौं निजगढ दु्रतमार्ग निर्माणको काम तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको हो । बुधबार व्यवस्थापिका संसद अन्तरगतको विकास समितिको बैठकमा बोल्दै उनले समयमै दु्रतमार्ग निर्माण कार्य सम्पन्न हुनेगरी १ वर्ष भित्र डिजाईनको सबै काम पूरा गर्ने लक्ष्य लिइएको पनि स्पष्ट पारे । गत बैशाक १९ गते बसेको मन्त्रीपरिषद बैठकले ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न हुनेगरी यो दु्रतमार्ग निर्माणको काम पूरा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार हाल डिजाइनको कामलाई उच्च प्राथमिकता दिइएको पनि उपरथि खाँडले जानकारी दिएका छन् ।

नेपाली सेनाले दु्रतमार्ग निर्माणको कामका लागि हाल मुआब्जा वितरणको काममा तीव्रता दिएको छ । मुआब्जा वितरणको कामलाई पनिसँगै अघि बढाइएको उपरथी खाँडले बताए। उनले मुआब्जा वितरणको काममा केन्द्रित भईएको पनि स्पष्ट पारे ।

नेपाली सेनाले दु्रतमार्ग निर्माणका लागि स्वदेशी स्रोत र साधनकै परिचालन गर्ने योजना पनि बनाएको छ । त्यसका लागि स्वदेशी निर्माण व्यवसायीहरुसँग आवश्यक छलफल भईरहेको पनि उपरथी खाँडले जानकारी दिनु भयो । सकेसम्म स्वदेशी निर्माण सामग्रीलाई प्रयोग गरेर दु्रतमार्ग निर्माणको काम सम्पन्न गर्ने तयारी नेपाली सेनाको छ ।

नेपाली सेनाले दु्रतमार्ग निर्माणका लागि आवश्यक पेट्रोलियम पदार्थ आयल निगमबाट सोझै लिने व्यवस्था पनि गरेको छ । काठमाडौं निजगढ दु्रतमार्ग मुलुकको उच्च प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);