पोखरा, २६ जेठ । स्याङ्जा वालिङका एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती ६० वर्षीय संक्रमितलाई आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।
आइसोलेसनमै उनको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
#कोरोना #कोरोना_मृत्यु