पठनपाठनलाई सहजिकरण गर्न उच्चस्तरीय समितिद्वारा सरोकारवालासंग परामर्श | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

पठनपाठनलाई सहजिकरण गर्न उच्चस्तरीय समितिद्वारा सरोकारवालासंग परामर्श

काठमाडौं, २२ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनमा पठनपाठनलाई सहजिकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुसंग परामर्श गरेको छ ।

बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा विज्ञहरुले बन्दाबन्दीमा अवरुद्ध भएको पठन पाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाव दिएका छन् । उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले नेपाली बैज्ञानिकका नयाँ आविष्कारलाई प्रमाणिकरण गर्न तथा खोज अनुसन्धानबाट आएका तथ्यांकलाई सम्पत्ति मानेर पठन पाठन अघि बढाउन सुझाव दिएको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले भर्चुल क्लास, विद्यार्थीको भौतिक उपस्थिति गराएर गरिने पठनपाठनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाहरुबाट उच्चस्तरीय समितिले सुझाव लिएको बताउनुभयो ।

सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने बताएसंगै केही दिन यता उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासंग छलफल गर्दै आएको छ । समितिले यसअघि अर्थविद्, स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतसंग छलफल गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);