जोर्ज फ्लोइड मृत्यु प्रकरण : बर्खास्त गरिएका प्रहरी अधिकारीमाथि कस्ता अभियोग लगाइयो ? | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

जोर्ज फ्लोइड मृत्यु प्रकरण : बर्खास्त गरिएका प्रहरी अधिकारीमाथि कस्ता अभियोग लगाइयो ?

जेन्सी, २२ जेठ । अमेरिकामा अश्वेत नागरिक पुरुष जोर्ज फ्लोइडको मिनियापलिसमा भएको मृत्युलाई लिएर बर्खास्त गरिएका चारजना प्रहरी विरुद्ध नयाँ अभियोग लगाइएको छ ।

अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध पूर्वयोजना विनाको आशययुक्त हत्याको अभियोग लगाइएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

शोभिनविरुद्ध यसअघि विना पूर्वयोजना र विना आशय पारिस्थितिक कारणले हत्या भएको अभियोग लगाइएको थियो । यसअघि कुनै अभियोग नलागेका अन्य तीन प्रहरीमाथि गैरकानुनी काममा उक्साएको र मतियार बनेको आरोप लागेको छ ।

प्रहरी अधिकारीहरूमाथि नयाँ अभियोगहरूको घोषणा गर्दै मिनेसोटा राज्यका महान्यायाधिवक्ता किथ एलिसनले ती अभियोगहरू न्यायको पक्षमा भएको बताउनु भयो ।

फ्लोइडको मृत्युले अमेरिकाभर जातिवाद र अश्वेत अमेरिकी माथिको प्रहरी बर्बरतालाई लिएर प्रदर्शनहरू भएका छन् । विगत ९ दिनदेखि भएका त्यस्ता प्रदर्शनहरू धेरैजसो शान्तिपूर्ण छन् तर केही हिंसक पनि बनेका छन् र थुप्रै सहरहरूमा कर्फ्यू लगाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);