माध्यमिक तह सम्म निशुल्क शिक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

माध्यमिक तह सम्म निशुल्क शिक्षा

budget 2077

काठमाडौं, १५ जेठ । यस वर्षको शैक्षिक पूर्वाधारको विकास, नविनतम प्रविधीको प्रयोग गरी गुणस्तरीय र जीवन उपयोगी शिक्षामा जोड दिइएको छ । आर्थिक वर्ष २०७७/०७८को बजेट प्रस्तुतु गर्दै अर्थमन्त्री युवराज खतिवडाले माध्यमिक तह सम्म निशल्क शिक्षा दिइने बताउनु भयो । उहाँले मातृभाषामा आधारित शिक्षामा जोड दिइने बताउदै राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रमको विस्तार गर्न ६ अर्ब बजेट विनियोजन गरिएको बताउनु भयो । त्यस्तै विपन्न र अपाङगता भएका व्यक्तिका छोराछारी तथा जेहेन्दार विद्यार्थीहरुका लागि २ अर्ब ७० करोड विनीयोजन गरिएको छ । देश भरी रहेका १३ लाख ४० हजार छात्राहरुलाई निशुल्क रुपमा स्यानीटरी प्याड उपलब्ध गराउन १ अर्ब ८२ करोड वितिय हस्तान्तरण गरिने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);