काठमाडौं, १५ जेठ । सबै संघ तथा प्रदेशमा ३ लाख १० हजार मेट्रिक टन क्षमताको भण्डारण गृह निर्माण र व्यवसायीक विक्रीकेन्द्र स्थापना गरिने छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै ठाँउमा खाद्य भण्डारण स्थापना गर्न प्रोत्साहन गरिने बताउनु भयो । विकट पहाडी र दुर्गम जिल्लामा खाद्यन्न र आयोडिन युक्त नुन ढुवानी अनुदानलाई निरन्तरता दिइने पनि बताउनु भयो । उहाँले आम नागरिकमा पहुँच पुग्ने गरी विमाको दायरा विस्तार गरिने बताउनु भयो । सबै ठाँउमा घुम्ति विमा संचालन गरिने र नेपाली हस्तकलाको प्रचारप्रसार र बजारीकरणमा सहयोग गरी काठमाडौंको भृकुटीमण्डपमा लगायतका ठाँउमा प्रर्दशनी कक्ष संचालन गरिने छ । हिमाली तथा पहाडी क्षेत्रमा अर्गानिक उत्पादनमा जोड दिइने छ ।