जनकपुरधाम ,१४ जेठ । धनुषाकाे शहीद नगरपालिका ९ निवासी विरेन्द्र गुरमैता यादवको जटही नाकामा मंगलबार बिहान मृत्यु भएको छ ।
२ सय जना जटही नाकामा रोकिएका थिए । लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएपछि उनी आफ्नो घर आउन लागेका थिए ।
परिवारका सदस्यहरुका अनुसार उनी १७ दिनअघि गुजरातबाट नेपालका लागि हिँडेका उनले बाटोमा सुख्खा खानेकुरा मात्रै खाएको र कमजोरीले गर्दा बेहोस भएर ज्यान गएको परिवारजनको दाबी छ ।