गरुडा नगरपालिका : एक भोटले पराजित भएसँगै माओवादी उम्मेदवारले हाले उजुरी | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

गरुडा नगरपालिका : एक भोटले पराजित भएसँगै माओवादी उम्मेदवारले हाले उजुरी

काठमाडौं, ४ असोज । रौतहटको गरुडा नगरपालिका-३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच एक मत फरकको परिणाम आएपछि माओवादी केन्द्रका उम्मेदवारले फेरि मतगणनाका लागि निवेदन दर्ता गराएका छन्।

यस विषयमा राजनीतिक सहमति कायम भएलगत्तै यो स्थानीय तहमा मतगणना फेरि सुरु हुने बताइएको छ। त्यस्तै, बारा जिल्लाका बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभई मतपेटिका खोलिएको भन्ने विषयमा सामान्य विवाद उठेपछि रोकिएको मतगणना राजनीतिक सहमति जुटाएर मतगणना सुरु गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको छ।

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले यो वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना कार्य सुरु हुनेछ।

ताजा समाचार