पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पक्राउ | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पक्राउ

peter o'neill

एजेन्सी , ११ जेठ । पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पिटर ओनिल भष्ट्राचार आरोपमा पक्राउ पर्नुभएको छ । इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले ल्याएको आरोपमा छानविनका लागि पक्राउ गरिएको हो ।

रोयल पपुवा न्यूगिनी कोन्स्टाबुलरीका सह–आयुक्त होज एटेद्वारा जारी विज्ञप्तिमा उहाँले कार्यालय र अधिकारीलाई प्राप्त अधिकारको दुरूपयोग गरेको छानविनका लागि पक्राउ गरिएको उल्लेख गरिएको छ ।

पक्राउपछि पूर्व प्रधानमन्त्री ओनिलले आफूलाई राजनीतिक पूर्वाग्रहले पक्राउ गरिएको भन्दै आरोपको खण्डन गर्नुभएको छ । लामो समय पपुवा न्यूगिनीको नेतृत्वमा रहुभएका ओनिल आफ्नो कार्यकाल पूरा गरी सन् २०१९ मा पदबाट बिदा हुनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);