जीतपुर-सिमरा उपमहानगरमा निरन्तर एमाले अगाडि, पछिपछि माओवादी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

बारा, ४ असोज । स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को मतपरिणाम आउने क्रम जारी नै छ । पछिल्लो मत परिणाम अनुसार जीतपुर-सिमरा उपमहानगरपालिकामा निरन्तर एमालेको अग्रता कायमै छ ।

एमालेका मेयर उम्मेदवार कृष्ण पौडेलको पक्षमा २५ सय २९ मत परेको छ भने एमालेकै उपमेयर सरस्वती चौधरीले २४ सय ३३ मत प्राप्त गरेकी छिन् । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले २१ सय ६५ मत प्राप्त गरेका छन् भने माओवादीकै उपमेयर उम्मेदवार गायत्रीदेवी थरूनीले १९ सय ९४ मत प्राप्त गरेको छिन् ।

तेस्रो स्थानमा रहेको कांग्रेसका उम्मेदवार कृष्णवर्त सिंहले १८ सय ३१ मत प्राप्त गर्दा सोही पार्टीबाट उपमेयरकी उम्मेदवार नारायणी रायमाझीले भने २१ सय ४१ मत पाएकी छिन् ।

प्रदेश नम्बर २ को १३६ स्थानीय तह मध्ये तीन वटा उपमहानगरपालिका रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);